• २०८३ असार १६ गते मङ्गलवार

मुकुन्द रिजालको निमोनियाका कारण निधन भएको हो : ग्राण्डी अस्पताल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २१, काठमाडौं । ग्राण्डी अस्पतालले काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया)का कारण निधन भएको जनाएको छ ।

 

एक विज्ञप्ती जारी गर्दै अस्पतालका मेडिकल निर्देशक डा. विनोद बिजुक्छेले यस्तो बताएका हुन् । उपचारका क्रममा रिजालको आज विहान ०७ः३० बजे निधन भएको अस्पतालले जनाएको छ ।

ग्राण्डी ईन्टरनेशनल हस्पिटलका मेडीकल डाईरेक्टर डा. विनोद विजुक्छे को हस्ताक्षरमा जारि विज्ञपतीमा लेखिएको छ : काठमाडौं महानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष श्री मुकुन्द रिजाल मिति २०८० भदौ १७ गते आईतबारका दिन दिउँसो १ बजे दुबै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भई सघन उपचार कक्षमा भर्ना हुनुभएको र ARDS भई Refractory Spetic Shock / Acute Kidney Injury भई उहाँको उपचारको क्रममा आज मिति २०८० भदौ २१ गते विहान ७:३० बजे निधन भएको हुदाँ हार्दिक समवेदना प्रकट गर्दै सबैमा जानकारी गराउँदछौं ।

null

Sharing

प्रतिक्रिया दिनुहोस