• २०८३ बैशाख ९ गते बुधवार

कांग्रेस संसदीय दलको पहिलो बैठक आज बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २३, काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो १ बजे बस्ने गरी वर्तमान कांग्रेस संसदीय दलको पहिलो बैठक बोलाइएको जानकारी दिएका छन् ।

संसदीय दलको बैठक अघि शुक्रबार साँझ पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारीसँग छलफल गरेका थिए। सभापति देउवाले बोलाएको छलफलमा उससभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पार्टीका मुख्य सचेतक रमेश लेखक सहभागी थिए ।

बैठकमा आगामी संसद् बैठकमा कसरी प्रस्तुत हुने, सरकारलाई विश्वासको मत दिने/नदिनेलगायत विषयमा छलफल हुनेछ । प्रतिनिधिसभाको नयाँ कार्यकालको पहिलो अधिवेशन यही पुस २५ गते सुरु हुँदै छ ।

Sharing

प्रतिक्रिया दिनुहोस