• २०८३ जेष्ठ २८ गते बिहिवार

प्रचण्डलाई ओलीको व्यङ्यः पूजापाठबाट अर्थतन्त्र सुदृढ हुँदैन

बजेट चिलको आँखा जस्तो हुनुपर्ने, लाटोकोसेरोको जस्तो छ : ओली
खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ २३, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पुजापाठबाट अर्थतन्त्र सुधार नहुने भन्दै व्यङ्ग्य गरेका छन् । मंगलवार प्रतिनिभिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महतलाई व्यङ्य गर्दै उनले पूजापाठबाट नभएर भिजनसहितको योजनावद्ध प्रयासबाट मात्रै अर्थतन्त्रमा सुधार आउने बताए ।

उनले भने,‘यहाँ भएन भने इण्डिया गएर १०८ किलो चढाएर भएपनि भगवान छन् नि हाम्रा किन कोशीस गर्न पर्यो भन्ने छ । तर, त्यसरी अर्थतन्त्र सुदृढ हुँदैन्, संसारमा पूजापाठबाट अर्थतन्त्र सुदृढ काँहीपनि भएको छैन् अर्थमन्त्री ज्यू ।’ अर्थतन्त्रको सुधारको लागि भारतसंग आस गरेको आरोप लगाउँदै उनले पूजापाठ गरेर भगवानलाई खुशी बनाएर नहुने तर्क गरे । योजनावद्ध प्रयासबाट देशको अर्थतन्त्र सुधार गर्न सकिने उनको भनाई छ ।

बजेट चिलको आँखा जस्तो हुनुपर्ने, लाटोकोसेरोको जस्तो छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक वर्ष २०८०/८१ को बजेट भिजनहीनता रहेको टिप्पणी गरेका छन् । मंगलवार प्रतिनिधिसभाको बैठकमा उनले २०८०/८१ को बजेट भिजनहीनता भएको भन्दै लाटोकोसेरोको जस्तो आँखा भएको व्यङग्य गरे ।

उनले भने, ‘यसमा बिमार छ। भिजनहीनता छ। यसले परसम्म देख्दैन। चिलको जस्तो आँखा हुनुपर्ने, लाटोकोसेरोको जस्तो आँखा भएको छ। यसले देख्दैन। भिजन छैन। पोलिसी छैन। त्यसकारण यसमा अकर्मण्यता छ।’ ओलीले आयस्रोत कसरी बढाउने प्रयासलाई योजनाबद्ध ढंगले अगाडि लैजाने कुरामा अहिलेको सरकारको ध्यान नगएको बताए।

Sharing

प्रतिक्रिया दिनुहोस