• २०८३ जेष्ठ १ गते शुक्रवार

मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ  २३, जनकपुर । मधेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागिएको हो।

मधेस प्रदेश प्रमुख हरिशंकर मिश्रले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ। अर्थमन्त्री संजय कुमार यादवले मधेस प्रदेश सरकारले नमुना १०० आयोजनाहरुको घोषणा गरेर कार्यान्वयनमा ल्याइने जनाई सकेका छन्।

उनका अनुसार नीति तथा कार्यक्रममार्फत पुरानो योजनाहरूलाई निरन्तरता दिँदै मुख्यतः शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई प्राथमिकता दिइनेछ।

Sharing

प्रतिक्रिया दिनुहोस