माघ २७, काठमाडौं । नेकपा (एमाले) ले प्रतिनिधिसभाको फागुन २ गते बोलाइएको बैठक सार्न आग्रह गरेको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले प्रदेश १ मा फागुन १ र २ गते कार्यक्रम रहेकाले २ गतेको बैठक सार्न आफूले संघीय संसद सचिवालयका महासचिव र सचिवलाई आग्रह गरेको बताए ।
‘कार्यक्रम जुधेकाले एक दिन पर सारिदिनुपर्यो भन्ने आग्रह गरेका हौं,’ भट्टराईले भने, ‘त्यसमा अन्यथा केही छैन ।’ माघ २६ गते बोलाइएको बैठक सरकारको आग्रहमा सभामुख अग्नि सापकोटाले फागुन २ गतेसम्मलाई सारेका छन् ।