• २०८२ असार २४ गते मङ्गलवार

भिम सार्की बने प्लेयर अफ द म्याच

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, काठमाडौं । यूएईलाई पराजित गर्दा करियरको पहिलो एकदिवसीय अन्तराष्ट्रिय अर्धशतक बनाएका भिम सार्की प्लेयर अफ द म्याच भएका छन् । उनले ९९ बलमा ७ चौकाको मद्दतमा ७० रनको योगदान गरे ।

नेपालले आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईमाथि रोमाञ्चक जित निकालेको हो । सोमबार दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले युएईलाई ४२ रनले पराजित गरेको हो । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको युएईले ४५ ओभरमा १० विकेट गुमाउँदै १८७ रन मात्रै बनायो ।

प्रतिक्रिया दिनुहोस