• २०८३ जेष्ठ ७ गते बिहिवार

सिंहदरवारमा प्रचण्ड, देउवा र ओलीबीच भेटघाट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २३, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग समसामयिक विषयमा छलफल गरिरहेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा प्रधानमन्त्री प्रचण्डले ओली र देउवासँग छलफल गरिररहेका प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।

भावी राष्ट्रपतिको विषयलाई लिएर दलहरुबीच तिक्तता बढिरहेका बेला प्रधानमन्त्री प्रचण्डले एकैपटक ओली र देउवासँग छलफल गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति कांग्रेसलाई दिन लागेको भन्दै प्रमुख सत्तासाझेदार दल एमाले अध्यक्ष ओलीमा सशंय पैदा भइरहेका बेला शीर्ष तीन नेताबीच भेटवार्ता भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस