• २०८३ बैशाख ११ गते शुक्रवार

जुम्लामा अटो दुर्घटना, २ जनाको मृत्यु, एक जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १९, जुम्ला ।  जुम्लामा अटो दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। गए राति जुम्लाको हिमा गाउँपालिका वडा नम्बर १ बड्की नजिक भे १ ह ३१९७ नम्बरको अटो दुर्घटना भएको हाे ।

दुर्घटना परी अटो चालक जुम्ला हिमा गाउँपालिका वडा नम्बर १ बस्ने अन्दाजी ४५ वर्षका पदम् बहादुर शाही र सोही ठाउँ बस्ने अटोमा सवार वर्ष ४२ को बलि रोकाय को मृत्यु भएको छ। अटो मा सवार सोही ठाउँ बस्ने वर्ष ४० को नन्द रोकाय घाइते भएका छन् ।

घाइतेलाई उपचारको लागि कर्णाली स्वास्थ विज्ञन प्रतिस्थान जुम्ला पठाइएको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस