• २०८३ बैशाख २७ गते आइतवार

विमानस्थलबाट लागुऔषधसहित दिदीबहिनी पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २२, झापा । झापा भद्रपुर विमानस्थलबाट दुई दिदीबहिनी महिला लागुऔषधसहित पक्राउ परेका छन् । बुद्ध एयरको जहाजबाट काठमाडौं जान लागेका उनिहरूलाइ पक्राउ गिरएकाे हाे ।

 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ कि घर भई हाल झापाको मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ राजवंशी र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठलाई ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको झापा प्रहरीले जनाएको छ ।

विमानस्थलमा खटिएका प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई सो परिमाणको लागुऔषधसहित पक्राउ गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस