• २०८३ बैशाख ७ गते सोमवार

ग्रामिण आदर्श बहुमुखी क्याम्पसमा मतदाता नामावली प्रकाशन (विवरणसहित)

जेपी बगाले पढ्न लाग्ने समय : १ मिनेट

फागुन २१, काठमाडौं । यहि चैत्र ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको कार्यतालिका अनुसार आज ग्रामिण आदर्श बहुमुखी क्याम्पसले प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ । त्रिभुवन विश्वविद्यालयले जारि गरेको कार्यतालिका अनुसार आईतवार प्रारम्भिक नामावलि प्रकाशन गरेको हो ।

सो प्रारम्भिक नामाबलीमाथि दाबीविरोध गर्ने समय २५ गतेसम्मलाई दिईएको छ । सो दाबीविरोध उपर आबश्यक छानविन गरि २५ गते दिनको १:०० बजे अन्तिम नामाबली प्रकाशन हुनेछ । आजको प्ररम्भिक नामावलिमा २२४६ जना समेवेश गरिएरको छ भने अन्तिम नामाबलीमा हेरफेर हुनसक्ने निर्वाचन समितिले जानकारि दिएको छ ।

भर्नालाई आधार मानेर नामावलि प्रकाशन गर्दा स्नातक तह दोस्रो र तेस्रो बर्ष तथा स्नातोकोत्तर तृतिय सेमेस्टारमा अध्ययनरत विद्यार्थीहरु भर्ना नभइसकेको हुदाँ ठूलो संख्यामा स्ववियु निर्वाचनमा सहभागी हुन नपाउने भएको र यस बिषयमा बिश्वविद्यालयको समेत ध्यानाकर्षण हुनुपर्ने राप्रविसं ग्रामिण आदर्श ब. क्याम्पसका ईकाइ अध्यक्ष किरण भट्टले धारणा राखेका छन । यद्यपि चुनावि कार्यतालिका प्रभावित हुने र निर्वाचनको वातावरण बिग्रन सक्ने परिष्थितिलाई आकलन गर्दै सबै संगठनहरुको सहमतिमा मतदाता नामावलि प्रकाशन गरिएको हो ।

मतदाता नामावली ग्रामिण कलेज

Sharing

प्रतिक्रिया दिनुहोस