• २०८३ बैशाख २६ गते शनिवार

भुकम्प अपडेट : रुकुमपश्चिममा भूकम्पमा परी १२ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १८, काठमाडौं । शुक्रबार राति ११ः४७ बजे पश्चिम नेपालको कर्णाली प्रदेशस्थित जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा १२ जनाको मृत्यु भएको छ । आठबिसकोटको वडा नं.११ र १२ मा गरि १२ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। मृत्यु हुनेमा एकै घरको ५ जना रहेको स्थानियले बताए । क्षतिको थप विवरण आउन बाकी नै रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस