• २०८३ जेष्ठ २१ गते बिहिवार

शिक्षक हत्या अभियुक्त दम्पतीलाई जन्मकैद सजाय

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १९, बैतडी । बैतडीको पाटन नगरपालिका–६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्या अभियोगमा १ दम्पती लाई जिल्ला अदालत बैतडीले जन्मकैदको फैसला सुनाएको छ । शिक्षक विष्टको हत्यामा संलग्न पुचौडी नगरपालिका–३ का २३ वर्षीय प्रजा बोहरा र उनकी श्रीमती २२ वर्षीया श्रीमती विमलालाई कैदको फैसला सुनाइएको हो ।

बैतडी जिल्ला अदालतका न्यायधीश जयानन्द पनेरुको इजलासले प्रजालाई २५ वर्षका लागि जन्मकैद र उनकी श्रीमती विमलालाई ६ वर्ष कैद सजाय सुनाएको हो ।

जिल्लाको सुर्नया गाउँपालिका–२ घर भएका ५५ वर्षीय शिक्षक बिष्ट गत पुस २ गते श्रीकृष्ण माविको छात्रावास पछाडि मृत अवस्थामा भेटिएका थिए । शिक्षकको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बोहरा दम्पतीलाई नियन्त्रणमा लिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस