असार १९, एजेन्सी। बलिउड अभिनेता शाहरुख खान दुर्घटनामा परेका छन् । भारतीय सञ्चार माध्यम इन्डिया टुडेको स्रोतका अनुसार उनी अमेरिकाको लस एन्जिलिसमा दुर्घटनामा परेसँगै अस्पताल लगिएको छ ।

खान लस एन्जिलिसमा आफ्नो प्रोजेक्टका लागि सुटिङ गरिरहेका बेला उनका नाकमा चोट लागेको जानकारी दिएको छ । उनलाई तत्काल अस्पताल लगियो । हिन्दुस्तान टाइम्सले उनको मङ्गलवार सामान्य शल्यक्रियासमेत गरिएका जानकारी दिएको छ ।