• २०८३ जेष्ठ २३ गते शनिवार

घट्यो पेट्रोलियम पदार्थको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २१, काठमाडौं ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा तीन रूपैयाँ, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो ।

सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाउने निर्णय गरेको छ ।भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगम सञ्चालक समितिले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो ।

मूल्य घटेसँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ, डिजल र मट्टीतेलको बिक्री मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ कायम भएको छ। आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर १ सय ६० रुपैयाँमा बिक्री हुनेछ ।कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९६ पैसा र बिक्री दर ३६ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस