• २०८३ असार ५ गते शुक्रवार

कोशीका बिनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकियो

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १७, काठमाडौं । कोशी प्रदेशका बिनाविभागीय मन्त्रीहरूको जिम्मेवारी तोकिएको छ। मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरू माओवादी केन्द्रका गणेश उप्रेती, नेकपा एकीकृत समाजवादीका कमलप्रसाद जबेगु र कांग्रेसका शमशेर राईलाई जिम्मेवारी दिएका हुन् ।

उप्रेतीले पर्यटन, वन तथा वातावरण मन्त्रालय, राईले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र जबेगुले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मुख्यमन्त्री कार्कीले गत असोज २७ गते पहिलो मन्त्रिपरिषद् विस्तार गरेका थिए। सोही दिन मन्त्री नियुक्त भएका एमालेका राम रानाले पछि राजीनामा दिएका थिए।

Sharing

प्रतिक्रिया दिनुहोस