• २०८३ जेष्ठ ५ गते मङ्गलवार

राष्ट्रपतिको फ्रान्स, जर्मनी र इटाली भ्रमण मन्त्रिपरिषद्‌बाट स्वीकृत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १७, काठमाडौं ।   राष्ट्रपति रामचन्द्र पौडेल हप्ता दिन लामो युरोपेली देशको भ्रमणको तालिका नेपाल सरकारले स्वीकृत गरेको छ ।

बिहीबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटालीको साता बढी लामो भ्रमण स्वीकृत गरेको हो ।

उक्त बैठकको निर्णय पत्रकार सम्मेलन गरेर शुक्रबार सरकारले जानकारी गराएको छ । राष्ट्रपति पौडेलले कार्तिक २२ गते प्रस्थान गरेर मंसिर १ गते नेपाल फर्कनेछन् ।

“राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन र सोपश्चात् संघीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्न मिति २०८० साल कार्तिक २२ गते काठमाडौंबाट प्रस्थान गरी मिति २०८० मंसिर १ गतेका दिन स्वदेश फिर्ता हुने गरी भ्रमण कार्यक्रम स्वीकृत गर्ने निर्णय भएको छ,” निर्णय सार्वजनिक गर्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन् ।

Sharing

प्रतिक्रिया दिनुहोस