• २०८३ बैशाख १० गते बिहिवार

कोशीका मुख्यमन्त्रीविरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १७, काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा सुनुवाइ पूर्ण इजलासमा हुने भएको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरेको हो ।

सभाध्यक्षको प्रयोग गरेर थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको दाबीसहित पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए । यसअघि उक्त रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाले कारण देखाऊ आदेश जारी गरेका थिए ।

शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासमा रिटको सुनुवाइ तोकिएकोमा ‘हेर्न नमिल्ने’ भएसँगै सुनुवाइ सरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस