• २०८३ बैशाख ११ गते शुक्रवार

संस्कृतिले सम्पन्न भएपनि नेपालले विकासको गति लिन सकेन : सभामुख

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

जेठ २०, काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालमा भएका साधनलाई प्रयोग गरेर विकास गर्न सामाजिक संघ संस्थाहरु, गैर सरकारी संस्थाहरुको योगदान महत्वपूर्ण हुने बताएका छन् । शनिबार समुन्नत नेपाल निमार्णमा सामाजिक संघ संस्थाहरुको भूमिका विषयक विचार गोष्ठी, सम्मान प्रदान तथा विशेष सांस्कृतिक समारोहमा सभामखु घिमिरेले कुनै पनि मुलुकको विकासमा सबै पक्षको भूमिका विशेष रहने बताए । उनले नेपाल संस्कार, भाषा, कला, मान्यता र संस्कृतिको हिसाबले सम्पन्न देश भएपनि विकासको गति लिन नसकेको भन्दै यसको विकासको लागि संघ संस्थाहरुको भूमिका आवश्यक भएको बताए ।

उनले भने, नेपाल भौतिक रुपबाट अभाव, गरिबी, पछौटेपन, दरिद्रताका समस्याबाट हामी गुज्रिरहेका छौ । हामी त्यस्तो हुनुपर्ने मुलुक होईन् । हाम्रो जातिको हिसाबले हेर्ने हो भने, हामी उन्नत जातिभित्र पर्छौ । संस्कारको कुरा गर्ने हो हामी सबैलाई समान गर्छौ, भाषाको हिसाबले सम्पन्न, कला, मान्यता, संस्कृति भएको देश छ । आवा पानी, पूर्खाको वीरता गर्दै आएको हाम्रो यस्तो देश कमै छन् तर हामीले देशलाई त्यस रुपबाट विकास गर्न सकिरहेका छैनौ । भएका साधनलाई प्रयोग गरेर विकास गर्न सकेका छैनौ । यो काम गर्नका लागि सामाजिक संघ संस्थाहरु, गैर सरकारी संस्थाहरुको माध्यमबाट निस्वार्थ काम गर्न लाग्ने संस्थाको योगदान महत्वपूर्ण रहेको छ । ’

सभामुख घिमिरेले समाजको सेवा गर्ने कुरा समय, काल परिस्थिति अनुसार यसको बुझाई फरक भएपनि निस्वार्थ भावले समाजको लागि योगदान गर्ने काम एकदमै महान र महत्वपूर्ण भएको बताए । उनले समाजको बारेमा सोच्ने र छलफल गर्ने कुरा आफैमा एउटा महत्वपूर्ण कुरा भएको भन्दै त्यसले निकालेका निष्कर्षहरुलाई कार्यान्वयन गर्ने कुरा त्यो भन्दा पनि ठूलो भएको बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस