वैशाख २०, मकवानपुर। कैलाश गाउँपालिका-४ कटुन्जेबाट अवैध लागूऔषध गाँजा ५ सय ११ किलो ९ सय ग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३८ वर्षीय उत्तम रिजाल र ४२ वर्षीय राधाकृष्ण रिजाल रहेका छन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उत्तम रिजालको घरबाट ६ वटा बोरामा रहेको १ सय ८४ किलो १ सय ग्राम गाँजा, नगद ५५ हजार ३ सय ६५ रूपैयाँ तथा राधाकृष्ण रिजालको घरबाट १२ वटा बोरामा रहेको ३ सय २७ किलो ८ सय ग्राम गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको छ।