• २०८३ बैशाख २५ गते शुक्रवार

प्रेस चौतारीले सार्वजनिक गर्‍यो पुरस्कृत ६ पत्रकारको नाम

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ १९, काठमाडौं । प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष डा. बालकृष्ण चापागाईं यस बर्षको हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुने भएको छ । संगठनको सचिवालय बैठकले बरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी रघु मैनालीको संयोजकत्वमा गठन गरेको पुरस्कार छनोट समितिले पूर्वअध्यक्ष चापागाईंलाई हृदयचन्द्र सिंह प्रधान पत्रकारिता पुरस्कारबाट सम्मानित गर्ने निर्णय गरेको हो ।

समितिले यस बर्षको अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कारबाट लमजुङका पत्रकार कृष्ण केसीलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । यस्तै, डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कारबाट दैलेखका याम शर्मा, बीरेन्द्रकुमार साह क्रियाशील पत्रकारिता पुरस्कारबाट बाराका लक्ष्मी साहलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

यस्तै, सावित्री–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कारबाट सुनसरीका लीलाराज भट्टराई र चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कारबाट डडेलधुराकी ममता भट्टलाई पुरस्कृत गर्ने निर्णय भएको छनोट समितिका संयोजक रघु मैनालीले जानकारी दिए ।

प्रेस चौतारीले आफ्नो स्थापना दिसव माघ २२ गते हृदयचन्द्र सिंह प्रधानसहित ६ वटा पुरस्कार प्रदान गर्दै आएको छ । यस बर्ष प्रदान गर्ने पुरस्कारका लागि आज नाम सार्वजनिक भएको हो । प्रेस चौतारीले आफ्नो स्थापना दिवसमा बिभिन्न रचनात्मक कामसमेत गर्दै आएको छ ।

प्रेस चौतारीको यही माघ ९ र १० गते बसेको सचिवालय बैठकले बरिष्ठ पत्रकार मैनाली संयोजक तथा उपाध्यक्ष देबिका जिएम र महासचिव हिरामान लामा सदस्य रहेको पुरस्कार छनोट समिति गठन गरेको थियो । समितिले अन्तिम निर्णय गरी केन्द्रीय कार्यालयलाई नाम बुझाएको छ ।

May be an image of text that says '"समृद्धिका लागि प्रेस चौतारीको प्रेस चौतारी नेपाल Press Chautari Nepal केन्द्रीय सर्वप्रथम श्रमजीवी पत्रकारहरुको स्थापना दिवसको गर्दछा। सन्दर्भमा लोकप्रिय संगठन चौतारी नेपालको श्रमजीवी पत्रकारहरु्प्रति हार्दिक शुभकामना यसे सन्दर्भमा संगठनले अग्रजहरुको सम्मान तथा क्रियाशील पत्रकारहरुलाई प्रोत्साहन उद्देश्यले स्थापना आइरहेको विभित्र विधाको पत्रकारिता पुरस्कारयस संयोजकत्वमा संगठनका उपाध्यक्ष देविका गरिएको समितिको क्रियाशील व्यहोरा साथे छनोट समितिले पुरस्कारको शीर्षकका आधारमा विभित्र निर्माण गरेको थियो सोही बमोजिमका मापदण्डका आधारमा व्यक्तित्वहरू छनोटमा उक्त पुरस्कार संगठनको सरकारका अर्थमन्ती एमालेका उपाध्यक्ष सम्पन्न विशेष समारोहका गरिनेछ पुरस्कार बालकृष्ण चापागाई- रुपन्देही शिखा स्मृति पत्रकारिता पुरस्कार डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार साह क्रियाशील पत्रकारिता लक्ष्मि बारा स्मृति पत्रकारिता पुरस्कार ail.presautrinepa205@mil.com'

Sharing

प्रतिक्रिया दिनुहोस