पौष १८, झापा। शिवसताक्षी नगरपालिका–११ मा वृद्ध दम्पती जङ्गली हात्तीको आक्रमणमा परेका छन् । जसमध्ये पत्नी ६१ वर्षीया वृद्धा कृष्णमाया भण्डारीको उपचारका क्रममा आज मृत्यु भएको छ भने ७१ वर्षीय पति शान्तिराम भण्डारी गम्भीर घाइते छन्।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक दुर्गा रेग्मीका अनुसार आफ्नै घरमा रातिको निन्द्रामा रहेको अवस्थामा शनिबार राति छावा बच्चा०सहित आएका चारवटा हात्तीले भण्डारीको घरमा आक्रमण गरेको थियो ।
हात्तीले भत्काएको घरको छतले किचिँदा भण्डारी दम्पती घाइते हुनुभएको थियो । घाइते दुवैलाई उपचारका लागि दमकको आम्दा अस्पतालमा भर्ना गरिएकामा कृष्णमायाको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।