• २०८३ बैशाख ३१ गते बिहिवार

केपी ओली राष्ट्रिय टी–२० क्रिकेट : आर्मीलाई हराउँदै मधेश प्रदेश च्याम्पियन

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

मंसिर १५, काठमाडौं । ‘केपी ओली कप’ राष्ट्रिय टी ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ । शुक्रबार विभागीय टिम आर्मीलाई ११ रनले हराउँदै मधेशले प्रतियोगिताको उपाधि हात पारेको हो ।

मधेशले प्रस्तुत गरेको १ सय ३६ रनको लक्ष्य पछ्याएको आर्मीले ७ विकेट गुमाएर १ सय २४ रन मात्र बनाउन सक्यो । मधेशका हरिशंकर साहले एकै ओभरमा ३ विकेट झारेपछि फाइनल खेल मधेश प्रदेशका लागि सहज बनेको हो ।

आर्मीका कप्तान विनोद भण्डारीले ३२, भिम सार्कीले २२ र विवेक यादवले अविजित २५ रन बनाउनु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहेन । सन्तोष कार्कीले १६ र सोमपाल कामी १६ रनमै अविजित रहे । आर्मीका रोहित पौडेल ५, बासिर अहमद २, कुशल मल्ल शुन्य र राजेश पुलामी मगर ३ रनमा आउट भएका थिए । मधेशका हरिशंकर साहले ४, प्रदीप पासवानले २ र प्रथिक यादवले एक विकेट हात पारेका थिए । सुरुवातमा ब्याटिङ गरेको मधेशले ८ विकेटको क्षतीमा १ सय ३५ रन बनाएको थियो ।

विशाल पटेलले अविजित ४९ रन बनाएको इनिङ्समा कप्तान हरिसंकर साहले २७ रनको योगदान गरेका थिए । हिमांशु दत्तले १४ र बिशाल सुसेलुङले १० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् । आर्मीका साहब आलम र विवेक यादवले समान ३ तथा सोमपाल कामी र बासिर अहमदले समान एक-एक विकेट लिए ।

उपाधि सहित मधेशले ५ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता आर्मीले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो ।

Sharing

प्रतिक्रिया दिनुहोस