• २०८३ बैशाख २६ गते शनिवार

ओलीले भने, ‘दुई दिनसम्म बरमझियामा पेडा बनाएँको छु’

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १५, काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बरमझियामा पेडा बनाएर बेचेको दिनको स्मरण गरेका छन् । सिरहामा हालै सम्पन्न नेकपा एमालेको सचिवालय बैठकमा सहभागी भएर बिराटनगर फर्कने क्रममा अध्यक्ष ओलीले सो पुराना दिनको स्मरण गरेका हुन ।

‘रातिको करिब ९/१०बजेको थियो होला, सिरहाबाट विराटनगर फर्किने क्रममा बाटोमा बरमझिया पेडा पसलमा पुगियो । सप्तरीका बैजनाथ साहले यहाँ पहिलो पटक पेडा बनाएर बेच्न थाल्नु भएको थियो,’ अध्यक्ष ओलीले पुराना दिन सम्झदैँ फेसबुकमा लेखेका छन, ‘यहाँ कुनै बेला मैले पनि दुई दिन बसेर पेडा बनाएको थिएँ। अस्ति त्यहाँको पेडा दोकान पुग्दा त्यस बेलाका दिनहरूको सम्झना गरियो।’

एमालेले चौथौं महाधिवेसन (२०४६ भदौं ९–१४) स्थल सिरहामा हालै केन्द्रिय सचिवालयको बैठक सम्पन्न गरेको थियो । जननेता मदन भण्डारीलाई महासचिव चयन गर्ने तथा जनताको बहुदलीय जनवाद (जबज)तर्फ पार्टीलाई लैजाने निर्णय गरेको सो महाधिवेसनले संयुक्त बाम मोर्चा निमार्ण गरी नेपाली कांग्रेससँग मिलेर पञ्चायत बिरुद्ध जनआन्दोलन गर्ने नीति लिएको सो स्थानमा भएको सचिवालय बैठक सकेर ओली बिराटनगर जाने क्रममा बरमझियामा पसेका थिए ।

No description available.

Sharing

प्रतिक्रिया दिनुहोस