• २०८३ बैशाख २० गते आइतवार

कामना सेवा विकास बैंकका सिईओ बस्नेतसहित चार जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १८, काठमाडौं । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रविण बस्नेत पक्राउ परेका छन् । बैंकिङ कसुर सम्बन्धी मुद्दामा बस्नेतसहित चार जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी छन् । यस बैंकले ऋण अपचलन लगायतका कार्यहरु गरेको आरोप लाग्दै आएको छ । बैंक स्रोतका अनुसार बैंकबाट विभिन्न फर्जी कम्पनीहरु खडा गरेर त्यसका नाममा ऋण दिइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस