• २०८३ बैशाख १२ गते शनिवार

सङ्खुवासभामा अरुण तेस्रोको सुरुङ भत्कियो, एक जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १८, सङ्खुवासभा । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङ भत्किँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । सुरुङभित्र काम गरिरहँदा एक्कासि भत्किएर सिन्धुपाल्चोकका २० वर्षीय सूर्य गोले तामाङको मृत्यु भएको हो ।

चिचिलाको पुछुवास्थित सुरुङभित्र काम गर्ने क्रममा भत्किदा गोलेको घटनास्थलमै मृत्यु भएको सङ्खुवासभा प्रहरीले जानकारी दिएको छ । घटनामा तिन जना घाइते भएको प्रहरी भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस