कार्तिक १४, काठमाडौं । नेकपा एमाले काठमाडौं निर्वाचन क्षेत्रिय समन्वय कमिटी ७(२) को निर्वाचन परिचालन कमिटी जिल्ला कमिटी सदस्य विपि ढकालको नेतृत्वमा गठन गरिएको छ । ५०१ जना सदस्य रहने गरि प्रदेश निर्वाचन क्षेत्र ७(२) को परिचालन कमिटी घोषणा गरेको हो ।

परिचालन कमिटि सह संयोजकमा जिल्ला कमिटी सदस्य भवानी डोटेल रहनु भएको छ । यस्तै सचिवमा गोवर्धन केसी रहनु भएको छ । परिचालन कमिटीमा सम्बन्धित भुगोलबाट जिल्ला कमिटीमा रहेका सम्पुर्ण सदस्यहरु, तारकेश्वर र नागर्जुन नगर कमिटीका सबै सदस्यहरु, जनवर्गिय संगठनका सबै सदस्यहरु, वडा कमिटीका सबै सदस्यहरु स्वत सदस्य सहने क्षेत्र नं ७ चुनाव परिचालन कमिटीका संयोजक विदुर प्रसाद अर्यालले जानकारी दिनुभयो ।