• २०८३ असार १७ गते बुधवार

सुनचाँदीको मूल्य घट्यो 

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदाै १५, काठमाडौं । सुनचाँदीको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुनचाँदीको मूल्य घटेको । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बुधबार तोलामा ८०० रुपैयाँले घटेर ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैंया रहेको थियो ।

तेजावी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार १३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य स्थिर रहँदै १ हजार १४५ रुपैयाँमा किनबेच भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस