चैत्र १७, बेनी । बेनीमा दुई सवारी साधनमा आगजनी भएको छ । दरबाङ सडकखण्ड अन्तर्गत म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा बिहीबार बिहान करिब ४ बजे सडकमा पार्किङ गरिएका भ्यान र ट्याक्सीमा अज्ञात व्यक्तिबाट आगजनी गरिएको बताइएको छ ।

सडकमै पार्किङमा रहेका ध १ ज ९८६ नं को भ्यान र ध १ ज ७२६ नं को ट्याक्सीमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार सवारी साधनमा आगलागी गर्ने व्यक्तिको पहिचान भएको छैन ।
बुधबार बेलुका करिब ७ बजे दुबै सवारीसाधन एक आपसमा ठोक्किएर सामान्य दुर्घटना भएपछि भएको क्षति दबैपक्षले एक आपसमा व्यहोर्ने गरी मिलापत्र गिराइएको थियो ।
दुवै सवारी साधनका धनी स्थानीयवासी नै भएकाले तीनलाई डम्मरास्थित सडकमै पार्किङ गरिएकोमा आगलागी भएपछि घटना रहस्यमय बनेको प्रहरीले जनाएको छ ।