• २०८३ बैशाख २८ गते सोमवार

ट्याक्टर पल्टिँदा चालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १७, अछाम। जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–५, ल्याटीमा ट्याक्टर पल्टिएर च्यापिँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति पञ्चदेवल विनायकबाट खाद्यान्न लिएर ल्याटीतर्फ जाँदै गरेको भे १ त ८९३४ नम्बरको ट्याक्टर पल्टिदा स्थानीय अन्दाजी २४ वर्षीय भूपेन्द्र शाहीको मृत्यु भएको हो ।

ट्याक्टरले च्यापिएका शाहीलाई जेसीबीको मद्दतले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मंगलसेन पठाइएकोमा उपचारकै क्रममा उनको गएराति साढे १२ बजे मृत्यु भएको हो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस