• २०८३ जेष्ठ १६ गते शनिवार

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १५, काठमाडौं । काठमाडौंबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ गरेकाे छ । काठमाडौं महानगरपालिका-२६ मित्रनगर डेरा गरी बस्ने चितवन भरतपुर महानगरपालिका-१८ घर भएका ६६ वर्षीय होमनाथ ढकालको कोठामा जुवातास खेलिरहेको अवस्थामा ढकाल समेत ९ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हाे ।

उनको कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ६९ हजार रुपैयाँ र ६ गड्डी तास सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस