• २०८२ साउन ३ गते शुक्रवार

अष्ट्रेलिया नकआउट चरणमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १४, काठमाडौं । अष्ट्रेलिया कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ मा प्रवेश गरेको छ । अल जानुब स्टेडियमा बुधबार राति डेनमार्कलाई १-० ले हराउँदै अष्ट्रेलिया नकआउट चरणमा पुगेको हो ।


अष्ट्रेलिया १६ वर्षपछि नकआउट चरणमा पुगेको हो । अष्ट्रेलियाको जितमा म्याथ्यु लेकीले निर्णायक गोल गरे । खेलको ६० औं मिनेटमा म्याथ्युले गोल गरेका हुन् ।

यस जितसँगै अष्ट्रेलिया समूह ‘डी’ को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । अष्ट्रेलियाले ३ खेलमा ६ अंक जोड्यो । डेनमार्क १ अंक जोडेर समूह चरणबाट बाहिरिएको छ ।

प्रतिक्रिया दिनुहोस