• २०८३ बैशाख ८ गते मङ्गलवार

बर्खा लागेसँगै मलखादको अभाव

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३१, काठमाडौँ । मुलुक कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरले आक्रान्त बनेका बेला यहाँका किसान भने रोपाइँको चटारोमा छन् । बर्खा लागेसँगै कोरोना त्रासदीका बीच किसानहरु खेतमा कतै धान रोपाइँ त कतै खनजोतमा भेटिन्छन् ।

कोरोनाको दोस्रो लहर ओरालो लागिरहेका बेला कञ्चनपुरका किसानहरुले भने मलखाद नपाउँदा खेती फस्टाउनेमा चिन्ता व्यक्त गरेका छन् । “न सरकारले किसानलाई कोरोना विरुद्धको खोप लगाउन लक्षित समूहमा राख्यो न त चाहिएका बेला मलखाद उपलब्ध गराउन पहल नै ग¥यो”, यहाँको वेदकोट नगरपालिका–५ का लालबहादुर डगौँराले भने, “लकडाउनले बजार बन्द रहँदा मलखाद खरिद गर्न पनि सहज भएन ।”

उनले खेती गर्ने बेला हरेक समय मलखाद अभाव झेल्नुपरेको दुखेसो पोखे । भारतबाट यहाँ लुकिछिपी आउने डिएपी, युरियालगायतका रसायिनक मल आयातमा स्थानीय प्रशासनले रोक लगाउँदा किसान थप मारमा रहेको उनको भनाइ थियो ।

बर्खाका बेला किसानहरुलाई पनि प्राथमिकतामा राखेर खोप उपलब्ध गराउनुपर्ने हो”, उनले भने, “महामारीका बेला सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कर्मचारी, ज्येष्ठ नागरिकलाई खोप दिइए पनि उत्पादनमा लागेका किसानहरु जोखिम मोलेरै खेतमा काम गर्न बाध्य छन् ।” चीनबाट पछिल्लो समय आयात गरिएको कोरोना विरुद्धको खोप कञ्चनपुरमा सात हजारभन्दा बढी मात्रामा आएको थियो । यहाँ केन्द्रको परिपत्रअनुसार ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिक, सुरक्षाकर्मी, सञ्चारकर्मीलाई उक्त खोप लगाइँदैछ ।

Sharing

प्रतिक्रिया दिनुहोस