• २०८३ बैशाख १९ गते शनिवार

फ्रान्सलाई ट्युनिसियाले १-० गोल अन्तरले हरायो

फ्रान्स समूह विजेताको रुपमा नकआउट चरणमा
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १४, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा साविक विजेता फ्रान्सले हार व्यहोरेको छ । एजुकेसन सिटी स्टेडियममा बुधबार राति भएको खेलमा फ्रान्सलाई ट्युनिसियाले १-० गोल अन्तरले हराएको हो ।


ट्युनिसियाको जितमा वाह्बी खाज्रीले निर्णायक गोल गरे । उनले खेलको ५८ औं मिनेटमा गोल गरे । खेलको इन्जुरी समयमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका फ्रान्सका एन्टोनियो ग्रीजम्यानले गोल गरेका थिए । तर, भीएआरले उनलाई अफसाइड देखाएको थियो । जसको कारण उनको गोलले मान्यता पाएन ।

समूह चरणको अन्तिम खेलमा पराजित भएपनि फ्रान्स समूह विजेताको रुपमा नकआउट चरणमा पुगेको छ । समूह ‘डी’ को फ्रान्सले ३ खेलमा ६ अंक जोड्यो । ट्युनिसिया प्रतियोगिताबाट बाहिरिएको छ । ट्युनिसियाले ३ खेलमा ४ अंक जोड्यो ।

Sharing

प्रतिक्रिया दिनुहोस