• २०८३ असार १ गते सोमवार

कतार विश्वकप : आज चार खेल हुँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १४, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार चार खेलहरु हुँदैछन् । जसमा समूह ‘सी’ र समूह ‘डी’ का दुई दुई खेलहरु हुनेछन् ।

ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्क
पहिलो दुई खेलमा समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ। दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ । यस खेलहरुबाट समूह ‘डी’ बाट अन्तिम १६ मा पुग्ने १ राष्ट्रको टुङ्गो लाग्नेछ । यस समूहबाट फ्रान्स यस अघि नै नकआउट चरणमा पुगिसकेको छ ।

अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिको
दोस्रो दुई खेलमा समूह ‘सी’ मा रहेका अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिको बीच खेल हुदैछ । दुबै खेल नेपाली समयअनुसार राती १२ः४५ मा हुनेछ । यस खेलहरुबाट समूह ‘सी’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस