• २०८३ मङ्सिर ७ गते आइतवार

नेदरल्यान्ड्स र सेनेगल नकआउट चरणमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १४, काठमाडौं । नेदरल्यान्ड्स समूह विजेता बन्दै फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा आयोजक कतारलाई २-० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स समूह विजेता बनेको हो ।

नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाग्पो र फ्रेन्की डी योङले एक एक गोल गरे । यस जितसँगै नेदरल्यान्ड्सले ३ खेलमा ७ अंक जोड्यो । नेदरल्यान्ड्स समूह ‘ए’ को शीर्ष स्थानमा रहदै नकआउट चरणमा पुगेको हो । कतारले ३ खेलमा अंक जोड्न सकेन । कतारले पुछारमा रहदै प्रतियोगिताको अन्त्य गरेको छ ।

सेनेगल फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा इक्वेडरलाई २-१ गोल अन्तरले हराउँदै सेनेगल राउण्ड अफ १६ मा प्रवेश गरेको हो ।

सेनेगललाई जित दिलाउन इस्माइला सार र कालिडोउ कुलिबालीले एक एक गोल गरे । इक्वेडरका मोइसेस सियासेडोले एक गोल फर्काए । यस जितसँगै सेनेगल समूह ‘ए’ को दोस्रो स्थानमा रहदै नकआउट चरणमा पुगेको हो । सेनेगल जारी विश्वकपको नकआउट चरणमा पुग्ने पहिलो अफ्रिकन राष्ट्र बनेको छ । सेनेगलले ३ खेलमा ६ अंक जोड्यो । इक्वेडर समूह चरणबाट बाहिरिएको छ । इक्वेडरले ३ खेलमा ४ अंक जोड्यो ।

Sharing

प्रतिक्रिया दिनुहोस