• २०८३ बैशाख २५ गते शुक्रवार

बसको ठक्करबाट धादिङमा स्कुटर चालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख १७, धादिङ । बसको ठक्करबाट धादिङमा स्कुटर चालकको मृत्यु भएको छ । धादिङको बेनिघाट-३ शीतलबजारमा बस र स्कुटर आपसमा ठोक्किदा स्कुटर चालकको ज्यान गएको हो ।

मृत्यु हुनेमा स्कुटर चालक गोरखा आँपपीपलका ३० वर्षीय विक्रम थापा मगर रहेको प्रहरीले जनाएको छ । शनिबार बिहान पौने १० बजे दाङबाट काठमाडौं आउँदै गरेको ना६ख ९२५ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश ३ ०२ ०१० प ३९८५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस