• २०८३ बैशाख १९ गते शनिवार

नेकपा एमाले तारकेश्वरको चुनाव परिचालन कमिटी घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १७, काठमाडौं । नेकपा एमाले तारकेश्वर नगर कमिटीले १००१ सदस्यिय निर्वाचन परिचालन कमिटी घोषणा गरेको छ । बाग्मती प्रदेश कमिटी सदस्य सिताराम रेग्मीको संयोजकत्वमा परिचालन कमिटी घोषणा भएको हो ।

तारकेश्वर नगर कमिटीले आशन्न स्थानिय तह निर्वाचनमा नेकपा एमालेले विजयी गराउन परिचालन कमिटी घोषणा गरिएको हो । कमिटीको सह संयोजकमा नेकपा एमाले काठमाडौं जिल्ला सचिवालय सदस्य विश्वनाथ लामिछाने रहनु भएको छ । यस्तै प्रचार-प्रसार कमिटी बलराम सिटौलाको संयोजकत्वमा गठन गरिएको छ । जसमा पुकार तिमल्सेना सहसंयोजक, सन्तोष अर्याल सचिव र अनन्तमणी आचार्य सहसचिव हुनुहुन्छ ।

कार्यक्रममा प्रदेश कमिटी सदस्य श्याम घिमिरे, काठमाडौं जिल्ला कमिटी अध्यक्ष दिपक निरौला लगायत जिल्ला कमिटी सदस्यहरु, नगरकमिटी सदस्यहरु, निर्वाचनमा उम्मेदवारी दिएका उम्मेदवारहरु लगायतको उपस्थिती रहेको थियो ।

परिचालन कमिटीमा तारकेश्वरबाट माथिल्लो कमिटीमा रहनु भएका सदस्यहरु, नगर कमिटीका पदाधिकारी तथा सदस्यहरु, वडा कमिटीका पदाधिकारी तथा सदस्यहरु, जनवर्गिय संगठनका पदाधिकारी तथा कमिटीका पदाधिकारी तथा सदस्यहरु रहनु भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस