माघ १६, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा थप ३ हजार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ८३ हजार ९ सय ९९ जना रहेका छन ।

मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा ६ हजार ३ सय ५९ जना डिस्चार्ज भएका छन । मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा ३२ जनाको मृत्यु भएको छ । योसगै मृत्यु हुनेको संख्या ११ हजार ७ सय ३५ जना पुगेको छ ।