माघ १६, काठमाडौँ। देशका केही भागमा आज पनि हिमपात हुने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात हुने भएको छ । आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । तराईका भू–भागमा हुसु र कुहिरो लागेको छ ।
त्यस्तै आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने विभागले जनाएको छ ।आज राति प्रदेश १, वाग्मती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशको उच्च पहाडी भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न विभागले आग्रह गरेको छ ।