• २०८३ बैशाख ८ गते मङ्गलवार

प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३० औं समूहको दीक्षान्त समारोह सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १४, काठमाडौं । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्‍ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रतिष्‍ठानमा सञ्‍चालित प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३० औं समूहको दीक्षान्त कार्यक्रम आज एक समारोहका बीच समापन भएको छ ।

उक्त समारोहमा प्रमुख अतिथिले उत्कृष्‍ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाण-पत्र बितरण गरी निर्देशन सम्बोधन गर्नुभएको थियो भने प्रतिष्‍ठानका सह-निर्देश प्रहरी बरिष्‍ठ उपरीक्षक गोबिन्द थपलियाले प्रशिक्षार्थीहरुलाई शब्द उच्चारण सहित शपथ ग्रहण गराउनु भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस