• २०८३ मङ्सिर ४ गते बिहिवार

नेपालमा १४ जनामा कोरोना पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १४, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ८५८ जनाको नमुना परीक्षण गर्दा १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २७ जना रहेका छन । मन्त्रालयका अनुसार शुन्य जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८८ हजार ९ सय १८ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार १९ जना रहेको मन्त्रालयले जनाएकाे छ ।

Sharing

प्रतिक्रिया दिनुहोस