• २०८३ जेष्ठ २२ गते शुक्रवार

सालकको खपटासहित काठमाडौंबाट दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १३, काठमाडौं । प्रहरीले सालकको खपटासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको गालञ्जोर गाउँपालिका-४ का ५५ वर्षीय यमबहादुर कामी र फिक्कल गाउँपालिका-४ का २८ वर्षीय रत्नबहादुर मगर रहेका छन् ।

गोप्य सूचनाको आधारमा बिहीबार दिउँसो खटिएको सिआइबीको टोलीले साढे दुई केजी सालकको खपटासहित उनीहरूलाई काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस