• २०८३ बैशाख ११ गते शुक्रवार

लमजुङको मध्यनेपालमा ट्रिपर दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १५, लमजुङ। लमजुङको मध्यनेपालमा ट्रिपर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । मध्यनेपाल नगरपालिका वडा नम्बर ७ र ८ को सिमानामा बा ४ ख ७७८१ नम्बरको ट्रिपर दुर्घटना भएको हो ।

सडक आयोजनाका लागि ढुंगा ढुवानी गर्नेक्रममा ट्रिपर सडकबाट करिब ३० मिटर तल खसेको हो । दुर्घटनामा परि ट्रिपर चालकसहित चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा सोहि ट्रिपरका चालक अन्दाजी २७ वर्षिय आकाश भन्ने विनोद घिमिरे, तनहुँ व्यास नगरपालिका ७ कलेस्ती बस्ने अन्दाजी वर्ष ४५ का उत्तम न्यौपाने रहेका छन् भने अन्य दुईजना सल्यान कुमाख गाउँपालिका वस्ने अन्दाजी वर्ष २२ का पारस शाह र गोरखा नगरपालिका १२ वस्ने अन्दाजी वर्ष २४ का वर्षिय रविन्द्र सेढाई रहेका छन् ।

उक्त ट्रिपर मध्यनेपाल नगरपालिका ७ कल्याणबेसीबाट बतासेचोकतर्फ ढुङगा लोड गरी जाँदै गरेको अवस्थामा सडकबाट करिव ३० मिटर तल खसेको हो । मध्यपहाडी लोकमार्ग अन्तर्गत भोर्लेटार सडक खण्डमा काम गर्दै आएको काष्ठमाण्डप कन्सट्रक्सन प्रालिको ट्रिपर दुर्घटना भएको हो । सडक उकालो कच्ची साँघुरो सडक लोड बढी भई ट्रिपर व्याक भएर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस