• २०८३ बैशाख ७ गते सोमवार

बेपत्ता जहाज खोज्न सेनाको एमआई–१७ हेलिकप्टर परिचालन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १५, काठमाडौं । तारा एयरलाइन्सको बेपत्ता जहाज खोज्न नेपाली सेनाको हेलिकप्टर परिचालन गरिएको छ । काठमाडौंबाट सेनाको एमआई–१७ हेलिकप्टर जोमसोमका लागि उडेको छ ।

नेपाल प्रहरीका प्रवक्ता विष्णु केसीका अनुसार यसअघि पोखराबाट गएको हेलिकप्टरले खराब मौसममा कारण विमानको अवस्था पत्ता लगाउन नसकेपछि अहिले सेनाको हेलिकप्टर पठाइएको हो । उनका अनुसार सम्भावित क्षेत्रमा स्थलमार्गबाट पनि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हराइरहेको तारा एयरको विमान उडेको १२ मिनेटसम्म सम्पर्कमा रहेको थियो । पोखराबाट स्थानीय समय अनुसार बिहान ९ः ५५ बजे जोमसोमको लागि विमान उडेको थियो । १९ जना यात्रु र ३ जना चालक दलका सदस्य सहित जहाज अन्तिम पटक जोमसोम टावरसँग १०ः ०७ वजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको थियो ।

https://khabar24nepal.com/2022/05/29/124999

Sharing

प्रतिक्रिया दिनुहोस