• २०८३ जेष्ठ ३१ गते आइतवार

डोटीमा ट्रयाक्टर पल्टिदा चालकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १५, डोटी। डोटीको पुर्वीचौकी गाउँपालिका–७ सिमकट्टेमा मंगलबार ट्रयाक्टर पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ । ट्रयाक्टरका परिचालक गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्रयाक्टर चालक कैलालीको गौरिगंगा नगरपालिका–४ चौमालाका २५ वर्षीय ज्ञान बहादुर चौधरी रहेका छन् । दुर्घटनामा परी ट्रयाक्टरका परिचालक अछामको चौरपाटी नगरपालिका–३ का २४ वर्षीय नर बहादुर भुल गम्भीर घाइते भएका छन् । भुलको उपचार जिल्ला अस्पताल डोटीमा भइरहेको छ ।

डोटीको गजाडाबाट चौखुट्टेतर्फ जाँदै गरेको से १ त ७८३९ नम्बरको ट्याक्टर अनियन्त्रित भइ पल्टिएको प्रहरी चौकी सानागाउँ डोटीले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस