• २०८२ असार २४ गते मङ्गलवार

घट्यो सुनचाँदीको मूल्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १२, काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य आइतबारको भन्दा प्रतितोलामा तीन सय रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस