• २०८३ बैशाख ४ गते शुक्रवार

प्रभु साहको गृहनगरको कार्यपालिका सदस्यमा एमालेका आठै जना निर्विरोध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १४, रौतहट । प्रभु साहको गृहनगर रौतहटको मौलापुर नगरपालिकाको कार्यपालिका सदस्यमा आठै जना उम्मेदवार निर्विरोध चयन भएका छन् । आठैजना उम्मेदवार नेकपा एमालेका हुन् ।
नगरपालिकाको कार्यपालिका निर्वाचनका लागि मनोनयन दर्ता गराएका एमालेका आठ जना निर्विरोध भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतका अनुसार कार्यपालिका सदस्य आठ जनाका लागि एमालेबाट महिलातर्फ ५ जना र दलित तथा अल्पसंख्यकबाट उम्मेदवारी परेको थियो ।

मौलापुर नगरपालिका वडा नम्बर २ कि अनिता देवी राम, वडा नम्बर ४ कि शान्ति पासवान तथा बुधिया देवी, वडा नम्बर ६ कि प्रतिमा देवी र वडा नम्बर ९ कि आशा देवीको उम्मेदवारी परेको थियो भने दलित तथा अल्पसङ्ख्यकबाट वडा नम्बर १ का वैजनाथ साह कलवार, वडा नम्बर ६ का चन्देश्वर बैठा र वडा नम्बर ५ का सुनिल कुमार साह कानुले उम्मेदवारी दिएका थिए । सबै सदस्य सर्वसम्मत भएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस