• २०८३ बैशाख १२ गते शनिवार

छुट्टाछुट्टै दुर्घटनामा परि दुई जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १६, दाङ । जिल्लाको तुलसीपुर–घोराही सडक खण्डमा छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार गएराति घोराही– लमही सडक खण्डको तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डीमा बा ३ ख ६४३ नम्बरको माइक्रो र नम्बर नखुलेको मोटरसाइकल ठोक्किँदा तुलसीपुर उपमहानगरपालिका-१८ का २१ वर्षका रेशम चौधरीको मृत्यु भएको हो ।

यस्तै, तुलसीपुर उपमहानगरपालिका–१८ डाँडागाउँमा रा ५ प ९०६६ नम्बरको स्कुटर र लु १ च ६२८९ नम्बरको पिकअप गाडी ठोक्किँदा तुलसीपुर उपमहानगरपालिका–१७ का ताराबहादुर केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस