• २०८३ बैशाख १० गते बिहिवार

टोकियोमा ११ घण्टा लामो संघर्षपछि बन्धकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १४,जापान।जापानी प्रहरीले शुक्रबार बिहान टोकियो नजिकैको झडपमा एक व्यक्तिलाई पक्राउ गरेपछि एक बन्धकको मृत्यु भएको छ भने अर्का एकजना बेहोस अवस्थामा छन् ।


एक ६६ वर्षीय व्यक्तिले बिहीबार राति टोकियो नजिकैको आफ्नो घरमा भेट्न गएका तीन जना स्वास्थ्यकर्मीहरूलाई आक्रमण गर्दै तीमध्ये एकलाई गोली हानेका थिए ।प्रहरीका अनुसार ती बन्धक मृतक ४४ वर्षीय डाक्टर जुनिची सुजुकी रहेको क्योडो न्यूजले जनाएको छ ।
गोली प्रहारबाट ४१ वर्षीय फिजियोथेरापिस्ट भने बेहोस अवस्तामा रहेका छन् । घटनाको पूर्ण र वास्तविक विवरण आउँन बाँकी रहेको जनाइएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस