• २०८३ बैशाख २६ गते शनिवार

कात्तिक अन्तिम साता चुनाव हुन्छ : प्रचण्ड

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १३, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कात्तिको अन्तिम साता आम चुनाव हुने बताएका छन्।पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले कात्तिकको अन्तिम हप्ता र मंसिरको पहिलो हप्ता चुनाव हुने बताएका हुन्।

चुनावको तयारीमा लाग्न निर्देशन दिँदै उनले परिवर्तनकारी शक्ति जित्नुपर्नेमा जोड दिए। यो राष्ट्रिय आवश्यकता भएको उनको भनाइ थियो।

‘गत वर्ष प्रतिगमन भएको थियो। संविधान भत्काउने खेल भएको थियो,’ उनले भने, ‘स्थानीय तह निर्वाचनमा जसले जति सीट ल्याए पनि राजनीतिक जित माओवादीकै हो। प्रदेश र संघमा सीट जिताएर हामीले भौतिक जित हासिल गर्नुपर्छ।’

Sharing

प्रतिक्रिया दिनुहोस